जोडिनुहोस
  • होमपेज
  • मौसमः उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

मौसमः उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

यस्तै, प्रहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभर तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज बिहान सूयोदय ६ बजेर ३४ मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14