जोडिनुहोस
  • होमपेज
  • गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो स्थानमा

गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो स्थानमा

काठमाडौं, न्यु डायमण्ड स्पोर्ट्स क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।

डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो भएको डायमण्डले १ लाख २५ हजार प्राप्त गरेको छ ।

चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help