जोडिनुहोस
  • होमपेज
  • अमेरिकाद्वारा चिनियाँ छ कम्पनीमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा चिनियाँ छ कम्पनीमाथि प्रतिबन्ध

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
अमेरिकाद्वारा चिनियाँ छ कम्पनीमाथि प्रतिबन्ध

वाशिंगटन– बिडेन सरकारले चिनियाँ जासूस बेलुनलाई अमेरिका प्रवेश गराएको विरोधमा चीनमाथि नयाँ प्रतिबन्धहरू लगाएको न्यु योर्क टाइम्सले समाचार लेखेको छ । वाणिज्य विभागले पाँच चिनियाँ कम्पनीहरू र एउटा अनुसन्धान कम्पनीमाथि विशेष इजाजतपत्र बिना अमेरिकी पार्टपुर्जा र प्रविधिहरू बेच्नबाट रोकेको छ ।

फ्रेब्रुअरि महिनाको दोस्रो हप्तामा, अमेरिकी वाणिज्य विभागले पाँच चिनियाँ कम्पनीहरू र बेइजिङको एयरोस्पेस कार्यक्रमहरूमा जोडिएको एउटा अनुसन्धान संस्थानलाई हवाई जहाज र बेलुनहरू निर्यात गर्न प्रतिबन्ध लगाएको छ ।

चिनियाँ सरकारले बेलुनलाई मौसम अनुगमन गर्ने एउटा नागरिक यन्त्र भएको तर्क गर्दै घटनालाई मत्थर पार्न खोजेको छ। अमेरिकाले बेइजिङ नान्जियाङ एयरोस्पेस टेक्नोलोजी कम्पनी, डोङगुआन लिंगकङ रिमोट सेन्सिङ टेक्नोलोजी कम्पनी, ईगल मेन एभिएसन साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनी, ग्वाङ्झाउ टियान–हाइ–सियाङ एभिएसन टेक्नोलोजी कम्पनी, शान्क्सी ईगल्स मेन एभिएसन साइन्स एन्ड टेक्नोलोजी ग्रुप माथि प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति जो बाइडेनले अमेरिकी लडाकु पाइलटहरूलाई देशको वायुक्षेत्र र यसको क्षेत्रीय पानीभन्दा माथि बेलुन खसालेकोमा बधाई दिए। पेन्टागनले चीनले अमेरिकी हवाई क्षेत्रको अस्वीकार्य उल्लङ्घन गरेको भन्दै निन्दा गरेको छ।
(एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help