जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • मौसम पूर्वानुमानः मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

मौसम पूर्वानुमानः मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रहने उल्लेख गरेको छ । देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?