जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल पुस १२ गते बिहीबारको राशिफल

आज २०८० साल पुस १२ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेको काम बन्नेछ। बोलीमा मोहनी भएकाले सबैले प्रशंसा गर्ने योग छ। प्रेमका लागि प्रस्ताव गर्नु राम्रो हुनसक्छ।

वृषः चन्द्रमा दाहिने भएकाले हरेक क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक लगानीमा ठगको फन्दामा पर्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ। व्यवहारमा परिवारको साथ मिल्नेछ।

मिथुनः दिन राम्रो छ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारले हरेक काममा सहयोग गर्ने देखिन्छ। प्रेममा सफलता हात लाग्नेछ।

कर्कटः दिन सामान्य छ। विवादको सामना गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिए पनि परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्साह मिल्नेछ। परिवारमा झगडा हुनसक्छ। विवाद भएमा तर्क धेरै नगर्नु राम्रो हुन्छ। आफ्नो कामबाट भने सम्मान प्राप्त हुनसक्छ।

कन्याः दिन सामान्य छ। व्यवहारिक झन्झट आइपर्न सक्छ। साथीबाट साथ नमिल्न सक्छ। परिवारले साथ नदिए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा दिनेछ।

तुलाः आर्थिक क्षेत्र सामान्य छ। साथीले खुट्टा तान्ने भएकाले साथीबाट जोगिनु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ।

वृश्चिकः आजको दिन सामान्य छ। दिन प्रतिकुल छ। सहयोगीले अप्ठेरो कुरा गर्ने देखिन्छ। व्यापार व्यवसायमा घाट साहनुपर्ने हुनसक्छ। पिपलको दर्शन गरेर थालेको कामबाट फाइदा हुनेछ।

धनुः दिन राम्रो छ। आफ्नो बोलीले सबैलाई प्रभावित बनाउने देखिन्छ। स्वास्थ्य राम्रो हुनेछ। मनमा उत्साह मिल्ने योग छ। परिवारले हरेक क्षेत्रमा साथ दिनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकरः दैनिकी सामान्य छ। शनिदेवको छाया परेकाले वर वा पिपलको दर्शन गर्दा मात्र दिन सफल हुन्छ। परिवारमा विश्वास गर्दा घाटा हुने योग छ।

कुम्भः साथीभाइ अनुकुल भएका छन्। शिक्षाको क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मीनः मनमा प्रशन्नता मिल्नेछ। नयाँ कामको थालनी हुनेछ। व्यापारमा पुराना ग्राहकको साथ पाइने छ। सन्तानको प्रगति देख्न सकिन्छ। परिवारमा खुशी मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14