जोडिनुहोस
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन

संसदीय समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धि कागजात माग गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरि हावसाविक गरि कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएको छ ।

त्यस्तै गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको उनले बताए ।

त्यस्तै बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरुले कार्यकारी निर्देशक नियुक्तिका विषयमा प्रश्न उठाउँदै समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players