जोडिनुहोस
  • होमपेज
  • इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

एजेन्सी।इराकमा तीनसय जनाभन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी दिइएको छ ।

इराकको राजधानी बग्दादमा ३ जुलाई २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौँ घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका तीन जनालाई मृत्युदण्ड दिइएको हो ।

सो समयमा इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका थिए ।

इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न तीन जना तत्काल पक्राउ परेका थिए ।

इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

यद्दपी मृत्युदण्डको सजाय पाउनेमा आइएसका मुख्य योजनाकारका रुपमा रहेका गजवान अल जबाबी पनि रहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14