जोडिनुहोस
  • होमपेज
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा रहेकी छिन् ।

थापाले हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी १४ लाख ९० हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options