जोडिनुहोस
  • होमपेज
  • रियल मड्रिड र सोसिडाड बराबरीमा

रियल मड्रिड र सोसिडाड बराबरीमा

काठमाडौ, स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। सान्टिआगो बर्नेबेउमा स्टेडियममा सम्पन्न खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो।

मड्रिडका लागि भिनिसियस जुनियरले तीनवटा राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेनन्। अर्कोतर्फ गोलकिपर एलेक्स रेमिरोले केही उत्कृष्ट बचाउ गरेका थिए।

घरेलु मैदानमा बराबरीमा रोकिँदा मड्रिडलाई शीर्षस्थानको होडमा धक्का पुगेको छ। शीर्षस्थानको बार्सिलोनाले १८ खेलबाट ४७ अंक जोड्दा दोस्रो स्थानको मड्रिडले समान खेलबाट ४२ अंक र तेस्रो स्थानको सोसिडाडले १९ खेलबाट ३९ अंक जोडेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics