जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । केन्द्रीय कार्य समितिको बैठकले उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारवाही गर्न माग गरेको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर, कांग्रेसले न्यायिक आयोग गठन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको हो ।उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराउने देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको बैठकको निर्णयमा जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics