जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको सिंहले बताए । तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК