जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२

खेलकुद

लखनउमा एसपीएको जित

लखनउमा एसपीएको जित

लखनउ, भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा धनगढीको एसपीए कलेजले फराकिलो जित हात पारेको छ ।

सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा कोलकत्ता १६।१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो ।

कोलकत्ताका यश पर्मरले सर्वाधिक २१, प्रथर्म खेमले १४ रन जोडे । एसपीएका सौर्य श्रेष्ठले सानदार बलिङ गर्दै ३ विकेट हात पारे । उनले ४ ओभरमा २ ओभर मेडन राख्दै १३ रन खर्चिएका थिए । यस्तै सचिन सावदले पनि ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका