जोडिनुहोस
  • होमपेज
  • मौसमः पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसमः पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ ।

भोलि भने देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help