जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन्। बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help