
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । आजै काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटबार्ता गर्नेछन् ।
उनले आजै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।