काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो नखिच्न सबैलाई निर्देशन दिएको छ । कोषले एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
कोषले यदि खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम,टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कार्वाही गर्ने जनाएको छ ।