
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । विहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् ।
उनले आगामी प्रधानमन्त्री कपपछि ए टीमको घोषणा गरिने बताए । सचिव खड्काले राष्ट्रिय टीम व्यस्त भएकाले ए टीम जरुरी भएको बताए ।
टी-२० विश्वकपका लागि छनोट भएको क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको र आगामी फेब्रुअरीमा क्यानडा नेपाल आउने उनले जानकारी दिएका छन् ।
क्यानडासँग नेपालको ए टीमले कम्तीमा तीनवटा एक दिवसीय र टी-२० खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिए ।
क्यानका म्यानेजर विनोद दासले यू-१९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने जानकारी दिएका छन् ।