
एक क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट विशेष राई पक्राउ परेका छन् । खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुरमा बालुवा लोड गरिएको टिपरभित्र लुकाइरहेको १ हजार ६ किलो गाँजासहित धनकुटाको शहीदभूमी गाउँपालिकाका विशेष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।
को १ ख ५८३१ नम्बरको टिप्परमा बालुवामुनि ठूलो परिमाणको गाँजा रहेको सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । पक्राउ परेका राईको साथबाट एक लाख रुपैयाँसमेत बरामद भएको छ । राई देखिने पात्र मात्रै भएको र यसमा ठूलो गिरोहको संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।