
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो ।
एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।