माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको एमालेले बागमतीबाट चार जनाको नाम टुङ्गो लगाएको हो । राष्ट्रियसभाका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुङ्गो लगाएको बताइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
यो पनि‘
गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग
कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल
गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने
राष्ट्रियसभा निर्वाचन स् एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा