
स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा। श्रवणकुमार थापा नियुक्त भएका छन । सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा। थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । यसअघि महाशाखाको निर्देशक रहेका डा। सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ ।