
जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताएका छन । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताए । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठिक हो कि रु भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उनको भनाइ छ । वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेको भन्दै उनले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको जिकिर गरे । राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकुन् भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको स्पष्ट पारे ।