जोडिनुहोस
  • होमपेज
  • सन्धी सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन

सन्धी सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धी सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा अन्तरसरकारी संघ संगठनहरुसँग भएका सन्धी सम्झौताहरू, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले जानकारी दिए । त्यस्तै बैठकले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौताहरूको पूर्ण विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा समिति सदस्यहरूले नेपालको आवश्यकताका आधारमा मात्रै मित्रराष्ट्रबाट सहयोग लिनुपर्ने धारणा राखेका थिए । समिति सदस्य जीवन परियारले नेपालको आवश्यकता र प्राथमिकतामा आधारमा सहयोग लिने र खर्च गर्ने परिपाटी सिर्जना गर्नुपर्ने बताए । उनले समितिको क्षेत्राधिकार अन्तराष्ट्रिय सन्धिसम्झौता रहेकाले यस विषयमा समितिमा नै छलफल हुनुपर्ने धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग हालै भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका