जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एसिसी प्रिमियर कप टी २० प्रतियोगिता चैत अन्तिम साता हुने

एसिसी प्रिमियर कप टी २० प्रतियोगिता चैत अन्तिम साता हुने

दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ । एसियन क्रिकेट काउन्सिल ९एसिसी० ले प्रतियोगिता चैत २८ देखि वैशाख ११ अप्रिल १ देखि २३० मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको हो । प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने एसिसीले जनाएको छ । प्रतियोगिता आयोजकको टुंगो लागेको छैन । यद्यपी यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने एसिसीले जनाएको छ । प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन् । यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ । विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन् । नेपालले सन् २०२४ को टी–२० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК