जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल

आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

वृषः समय राम्रो छ। धर्म, अर्थ, ज्ञान र विज्ञानको विवेचना हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्र सबल छन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

मिथुनः दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले राम्रो परिणाम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र आर्थिक क्षेत्र भने विवादित छन्।

कर्कटः झुटा आरोप लाग्ने देखिन्छ। आफन्तको फुट देख्नुपर्ने हुनसक्छ। परिवारबाट सहयोग निरन्तर प्राप्त हुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। कर्म क्षेत्र सबल छ। मनमा उत्साह र उमंग छाउने छ। बाहिरबाट प्रशंसा भए पनि परिवारमा विश्वासको संकट देखिन्छ। यसले विभिन्न काममा झन्झटको सामना गर्नुपर्नेछ।

कन्याः आम्दानी राम्रो हुनेछ। आफन्तको साथ मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानबाट सचेत हुनुपर्ने देखिन्छ।

तुलाः दिन सामान्य राम्रो छ। अरुले राम्रो देखे पनि मन खुशी हुने देखिँदैन। मनमा त्रास रहन्छ। हनुमानको चिन्तन गरेमा मन शान्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सामान्य छ। यो संघर्ष गरेर देखाउने समय हो। न्याय प्राप्त गर्न प्रतिवाद गर्नुपर्नेछ। सत्यको न्याय हुने भएकाले तपाईंको जित निश्चित छ। परिवारको सहयोग मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। परिवारको आग्रहमा नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ। संगतले मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः समय सामान्य राम्रो छ। गलत आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। शिक्षाको क्षेत्र सबल छ। परिवारको साथ मिल्नेछ।

कुम्भः दिन सामान्य छ। कम बोल्नु राम्रो हुन्छ। धेरै बोल्दा विवाद हुनेछ। पिपलको दर्शन गर्नुभयो भने हरेक क्षेत्र सफल बन्नेछन्। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ। परिवारले शंका गर्ने योग छ।

मीनः दिन राम्रो छ। धर्म र अर्थका क्षेत्र सबल छन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिलाई सेवा गर्ने क्षेत्र हो भनेर व्याख्या गर्ने क्षमता प्राप्त हुनेछ। बौद्धिक परिवारबाट सहयोग प्राप्त हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options