जोडिनुहोस
  • होमपेज
  • न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्न नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकले निगमलाई जवाफ पेस गर्न निर्देशन दिएको हो । न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेस गर्न समितिका सभापति राजकिशोर यादवले निर्देशन दिनुभयो । उहाँले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति नै बनाएर छानबिन गर्ने पनि बताउनुभयो ।

सभापति यादवले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि जवाफ पेस गर्न आग्रह गर्नुभयो । निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजनाको बारेमा पनि जानकारी पेस गर्न समितिले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics