जोडिनुहोस
  • होमपेज
  • २०८१ साल असोज १५ गते मंगलबारको राशिफल

२०८१ साल असोज १५ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः शुभ ग्रहको बहुमत छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको साथ लिएमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

वृषः बोल्नेक्रममा अप्रिय शब्द सार्वजनिक हुने भएकाले जवाफदेही हुनुपर्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछ। वैदेशिक लगानीमा प्रगति हुनेछ।लगानी गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मिथुनः झन्झटिला कामले मन अशान्त बन्ने जोखिम छ। आफूले आफूलाई बुझाउने प्रयास गर्नुपर्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ।परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। आजको लगानीबाट खुशी मिल्नेछ। शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। बिहानै शिव भजन सुन्न सकेमा दिन शान्त बन्नेछ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ।

सिंहः वैदेशिक क्षेत्रमा लगानी गर्नुभएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्याः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानी गरेको क्षेत्रबाट आम्दानी बढ्नेछ। बलले भन्दा बुद्धिले गरेको काम सफल बन्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आज सुरु गरेको काम सफल बन्नेछ। राज्यको उच्च ओहोदाबाट साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। आफ्नो कार्यशैलीको आलोचना हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा बौद्धिक टकराब हुनेछ।

वृश्चिकः भाग्यको स्थानमा चन्दमाले भ्रमण गर्दैछन्। हरेक ठाउँबाट आम्दानी हुनेछ। मनलाई शान्त बनाउने प्रयास गर्नुपर्ने देखिन्छ। शनिदेवको गलत प्रभावबाट बच्न गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनुः राम्रो र शुद्ध भावनाको उदय हुनेछ। नयाँनयाँ ठाउँको यात्रा तय हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै विकल्प भेटिनेछन्। परिवारले तपाईंले थालेको व्यवसायमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः मन अशान्त बन्नेछ। सञ्चित धन देखेर जलन हुनेहरु संगठित हुनेछन्। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।
परिवारमा बढी विश्वास गर्दा धोका हुने जोखिम हरेको छ।

कुम्भः बोल्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले जटिल समस्या हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः ठुलो लगानी नगर्नु राम्रो हुनेछ। सामान्य ढंगले दैनिकी सञ्चालन गर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14