
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ हुँदा हिजो विराटनगरको कार्यक्रम र आज काठमाडौंमा तय गरिएको कार्यक्रममा उपस्थित हुन सकेनन् । आज काठमाडौंमा एमाले अध्यक्ष ओलीले ‘२८ साल’ नामक पुस्तक बिमोचनको कार्यक्रम थियो । तर, उनी अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दियो । अध्यक्ष ओली केही समय यता निरन्तर देशभरका कार्यक्रममा सहभागी हुँदै आएका थिए ।