
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका २५ वर्षीय निरञ्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।