
जाजरकोटका भूकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् । श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाई जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको व्यवस्था मिलाएका हुन् । मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरले उनीहरूको जिम्मा लिएको हो । सो आश्रममा अहिले २० जना बालक र १० जना बालिकासहित ३० जनालाई जाजरकोटबाट ल्याइएर जिम्मा लिएको हो । ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् ।