
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपात भएको छ ।
विमानस्थलका प्रहरी प्रमुख अर्जुन चन्दका अनुसार विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि शुक्रबार हातपात भएको हो ।
मोक्तानलाई प्रहरी जवानले हातपात गरेका हुन् । चेकजाँचका क्रममा हातपात भएको बताइएको छ ।