
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लस पलमासलाई २–१ गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।
रियल मड्रिडका लागि भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक–एक गोल गरेका थिए। त्यस्तै, लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए ।यो जितसँगै रियल मड्रिड २१ खेलबाट ५४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । रियल गिरोनाभन्दा २ अंकले अगाडी रहेको छ ।
पराजित भएको लस पलमास २२ खेलबाट ३१ अंक जोडेर नवौँ स्थानमा छ ।