
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।
आइतबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । हिजो (शनिबार) यही समयमा २.५ डिग्री सेल्सियस थियो ।
तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।