
ललितपुरको ललितपुर महानगरपालिका १६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार नागबहालमा जर्मन महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रीन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।