
उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ । स्थानीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ ।