
काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने पहिलो चरणको अभियान माघ २६ गतेसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ । यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधि चयन गरिसकेको छ ।
पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको छ । अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।