
आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको ३४ ओभर ४ बलमा गुल्शन झा आउट भए । आउट हुनुअघि १६ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले गुल्शनको स्थानमा दिपक बोहोरा क्रिजमा आएका छन् ।