
आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले नवौँ विकेट गुमाएको छ । खेलको ४४ ओभर ४ बलमा आकाश चन्द आउट भए । उनले कुनै रन बनाउन सकेनन् । उनलाई रोहनत दौलाह बोर्सनले आउट गरेका हुन् । अहिले उनको स्थानमा दुर्गेश गुप्ता क्रिजमा आएका छन् ।