
नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१ दशमलव ७६ अंकले घटेको सेयर बजार २०६६ दशमलव १७ विन्दुमा आएर बन्द भएको छ । बिहीबार ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।