
नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको बताएका छन् । सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ नेपाली कांग्रेसका एक जना उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत दाबी गरे । उनले भने, ‘देश कहाँ पुगेछ । नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो ।’ उनले अहिले देशको अवस्था अत्यन्तै खराब भएको भन्दै यसबाट जोगिन सबैलाई अपिल गरे ।