
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दबाब यात्रा गर्ने नेताहरूको जिम्मेवारी र क्षेत्र टुङ्ग्याएको छ । रास्वपाले २१ माघदेखि विकास आयोजनाहरूमा दबाब यात्रा सुरु गर्ने भएको छ। २१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने पार्टीका महामन्त्री मुकुल ढकालले बताए । उनका अनुसार पहिलो दिनको दबाब यात्रामा उपलब्ध हुने सबै नेता तथा सांसदहरूको उपस्थिति रहने छ । दबाब यात्रामा २० सांसद र महामन्त्रीलाई अगुवाइको जिम्मेवारी दिइएको छ ।