जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित  ओली

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्ममात्रै भएको उनले बताए । अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए । ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए । ओलीले जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ती जनाए ।

एमाले नेतृत्वमा तस्करीमा छानविन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाइरहेको उनको भनाइ छ । उनले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिटयान्समा सरकारको ध्यान रहेको तर्क गरे । अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राखे । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका