
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ। आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जितका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७।५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेर विजय भएको हो ।