
सुनको मूल्य बुधबार बढेको छ। बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।