
मन्त्रिपरिषद्को बैठक साढे ४ बजेलाई बोलाइएको छ । बिहीबार बस्ने यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । आज बिहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल समेत गरेका थिए । यसको बारेमा मन्त्रपरिषद् बैठकमा जानकारी गराइने कार्यक्रम छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे समेत छलफल हुने छ ।