
कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।