
काठमाडौं। चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारी समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।