
क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल जिततर्फ उन्मुख भएको छ । नेपालले अहिले क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । ३५ ओभरको खेल सकिँदा नेपालले ताजा अवस्थामा १ विकेट गुमाएर १ सय ७० रन बनाइसकेको छ । क्रिजमा अनिल साह ८१ र भीम सार्की ६८ रन बनाएर खेलिरहेका छन् ।