
हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।
बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड–२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।
आज एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ ।