जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड गर्मीसँगै महोत्तरीका महिला बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त

प्रचण्ड गर्मीसँगै महोत्तरीका महिला बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त

प्रचण्ड गर्मीसँगैको तातो हावाका बीच त्यहाँका महिलाहरू बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेशमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामासमा खाना पकाउन त्यहाँका महिला जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् ।

त्यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ । गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुवस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् ।

महोत्तरीका १५ पालिकामध्ये १० वटा नगरपालिकामा धेरैजसो ग्रामीण बस्ती नै रहेकाले सबैजसो भेगमा अहिले ‘गुइँठा’ बनाउने काममा महिलाहरू व्यस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help